तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा बिहीबार बेल्जिअम (ईयू)का लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का आवासीय नेपाली राजदूत नियुक्त भएका हुन्।
संसदीय सुनुवाई भएर खड्कार अधिकारीको तीन साताअघि नै सहमति (अग्रिमा )आएको थियो । तर, नियुक्ति हुन सकेको थिएन। बेल्जिअमको आएपछि तीनजनाको एकै पटक नियुक्ति भएको हो । उनीहरू तिनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।
सरकारले, अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा पनि राजदूत सिफारिस गरिसकेको छ । उक्त सिफारिस संसदिय सुनुवाईको क्रममा रहेको छ। श्रीलंका, दक्षिण कोरियामा भने अझै पनि सरकारले राजदूत सिफारिस गर्न सकेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया