सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

आइतबार थपिए १११ संक्रमित, १ जनाकाे मृत्यु

काठमाडौँ- देशभर २४ घण्टामा कोभिड-१९ संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबारसम्ममा देशभर ११ हजार ९३५ जनाको मृत्यु भइसकेको छ ।

मुलुकभर आजै ९ हजार ७१० जनाको कोभिड परीक्षण गर्दा १ सय ११ जनामा कोभिड पुष्‍टि भएको  छ । त्यसैगरी आज ४१५ जना संक्रमणमुक्त भएका र हालसम्म ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भइसकेका छन् ।

देशभर सक्रिय संक्रमित ८ हजार ५१७ जना छन् । २४ घण्टामा ४१ हजार ३६९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।