नेपालीकाे जीवनस्तर उकास्ने एमसीसीलाई स्वागत छ : ठाकुर
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर्वसाधारणको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताए ।
यो अनुदानको सहयोग गरिबी निवारणको उद्धेश्य रहेको उनको भनाइ छ । ‘विद्युत प्रशरण लाइन र सडक सञ्जालमा खर्च हुनेछ,’ उनले भने, ‘यो त्यत्तिकै आएको हैन, विविध प्रक्रियाका चरणहरु पार गरेपछि यो अनुदान सहयोग आएको छ ।’
लोकतान्त्रिक शासन हुनुपर्ने, जनतामा लगानी तथा आर्थिक स्वतन्त्रता भएको देशमा मात्रै यस्तो सहायता गरिने उनले बताए । ‘नेपालले आवश्यकता र मागअनुसार पाएको छ,’ उनले भने ।
एमसीसी अमेरिकाले नेपाललाई सात दसकभन्दा बढी समय दिएको बताउँदै नेपालको विकास निर्माणमा सहयोग गर्दै आएकाले एमसीसीलाई स्वागत गरिनुपर्ने बताए।।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया