दुई दिन ‘म यस्तो गीत गाउँछु २’को सुखद प्रदर्शन

काठमाडौँ - गत शुक्रबार हलमा रिलिज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रबार र शनिबार सुखद प्रदर्शन गरेको छ । देशभरका सयभन्दा बढी हलमा रिलिज भएको फिल्मले दुई दिन सन्तोषजनक व्यापार गरेको वितरकले दाबी गरेका छन् । शनिबार, देशैभरका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा चलचित्रले आक्रामक सुरुवात गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए ।
शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको चलचित्रले शनिबार काठमाडौँका मल्टिप्लेक्समा हाउसफुलको व्यापार गरेको थियो । फिल्मले काठमाडौँका अष्टनारायण, क्युएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, लगायतका हलमा राम्रो व्यापार गरेको थियो । यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।
तीन विदेशी फिल्मका साथ रिलिज भएको फिल्मले दुई दिन विदेशी फिल्मले भन्दा राम्रो व्यापार गरेको थियो । निर्देशक सुदर्शन थापाले आफूहरूले राम्रो फिल्म बनाएकाले दर्शक आएको दाबी गरे । उनले आइतबारदेखि पनि फिल्मले शनिबारकै लय पछ्याउने अपेक्षा व्यक्त गरे ।
नायिका पूजा शर्माले दर्शकको माया देखेर आफू भावूक भएको बताइन् । उनले भनिन्–‘हामीलाई दर्शकले सधैँ माया गरिरहनु भएको छ । यो पालि पनि गर्नुभयो । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं ।’ फिल्ममा नाबालिग बलात्कार आरोपी पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्मको संगीतलाई फिल्मको मेरुदण्ड मानिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया