बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

एमसीसीमा सैन्य रणनीति संसोधन गर्नुपर्छ : देव गुरुङ

फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसी पारितका लागि संशोधन गरिनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता गुरुङले दुईपक्षीय सहमतिका आधारमा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ भने अनुमोदन गरिनुपर्ने बताए । विशुद्ध आर्थिक परियोजनाका साथ अगाडी बढाउने बताउँदै सैन्य रणनीतिहरु संसोधन गरिनुपर्नेमा उनले जोड दिए।

‘आर्थिक परियोजना पहिला पनि भएका छन्,’ उनले भने, ‘नेपालको सार्वभौम अधिकारलाई खण्डित नहुने गरी अनुमोदन गरिनुपर्छ ।’

उनले  नेपालको राष्ट्रिय कानुन, अदालत, सुरक्षा योजना खण्डित हुनु नहुने तर्क गरे । सदनमा आपसी सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताउँदै उनले प्रक्रियागत रुपमा समय दिएर विभिन्न बुँदामा छलफल हुनुपर्ने बताए । अहिले एक प्रक्रियाबाट ऐन बनाउने गरी एमसीसीको तयारी गरिएको उनको भनाई छ ।