नेप्सेमा साताको प्रथम कारोबारमा ७ अंकको गिरावट

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार ७ अंकले गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन सेयर बजारमा आज ७.७३ अंकले गिरावट आएको हो ।
गत बिहीबार ५९ अंकले गिरावट आएर साताको बजार बन्द भएको थियो । आइतबार २६६१.४४ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६५३.७० अंकमा ओर्लिएको छ ।
आजको कारोबारमा सेयर बजार परिसूचक ०.२९ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.७३ अंक अर्थात ०.१४ प्रतिशतले घटेर ५०६.८४ अंकमा ओर्लिएको छ ।
साताको पहिलो कारोबारको दिन आज २२४ कम्पनीको ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर ४९ हजार ६ सय ७० पटक खरिद बिक्री भएको छ ।
घट्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबार उच्च हुने कम्पनीहरूमा नेशनल हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, युनिभर्सल पावर कम्पनी ,छ्याङदी हाइड्रो पावर तथा युनियन हाइड्रो पावर लिमिटेड लगायतका कम्पनी रहेका छन् । समूहगत परिसूचकतर्फ हाइड्रो पावर तथा अन्य समूह बाहेक अन्य समूह घटेका छन् ।

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

प्रतिक्रिया