ट्रम्पले भने जेलेन्स्की 'निडर नेता'

काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आफू युक्रेनका जनताका लागि प्रार्थना गरिरहेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा एक सभालाई सम्बोधन गर्दै ट्रम्पले रुसले गरेको आक्रमणको निन्दा गर्दै युक्रेनका जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।
यसअघि रुसले युक्रेनमा सेना पठाउन थालेपछि ट्रम्पले पुटिनको आदेशलाई ‘जिनियस’ भनेका थिए । उनले युक्रेनी राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीको पनि प्रशंसा गरे र उनलाई 'निडर नेता'को रूपमा वर्णन गरे।
सम्बोधनका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि निशाना बनाएका थिए । 'मेरिकी चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले धाँधली नभएको भए यो संकट कहिल्यै नआउने बताए ।
'सबैलाई थाहा छ, हाम्रो चुनावमा धाँधली नगरेको भए म राष्ट्रपति भएको भए यो डरलाग्दो संकट कहिल्यै उत्पन्न हुने थिएन,' उनले भने।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया