सहकारी संघसंस्थाका लागि १६ प्रतिशत ब्याजदर

काठमाडौँ - सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ ।
सूचनामा सबै सहकारी सङ्घसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर छ प्रतिशत कायम हुने गरी र बचत तथा ऋणको कारोबार गर्ने सबै सङ्घसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ ।
तोकिएको सन्दर्भ व्याजदर सहकारी सङ्घसंस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासङ्घ तथा केन्द्रीय विषयगत सङ्घबाट पालनाको अनुगमन गर्दा सहकारी कानूनबमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

प्रतिक्रिया