स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे ।
मन्त्री खतिवडाले भने, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला । चुनौतीले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पु¥याउन, स्वास्थ्य सामग्रीहरु पु¥याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरु निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यक्ता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ । प्रगति गर्ने क्रममा नै छौँ ।’
त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए । मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पु¥याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भुमिका रहने पनि बताए । ््
स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानून मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धतासमेत जनाउनु भयो । यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया