बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

माेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

फाइल फाेटाे

सर्लाही- सर्लाहीको धन्कौलमा ‍‍माेटरसाइकल दुर्घटनामा चालककाे ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । 

शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हाे । माेटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका-३, का मनोज चौधरीको मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थित भेनस अस्पतालमा लगिएकाे थियाे । तर, उपचारका क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

दुर्घटनामा कौडेना गाउँपालिका-५, का दिपेश मुखिया घाइते भएका छन् । उनकाे  भेनेस अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए  ।