कोभिड खोपको ‘साइड इफेक्ट’ ले १३ नर्वेजियनको मृत्यु
काठमाडौं : पिफाइजर तथा बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोभिड-१९ खोप लगाएका १३ नर्वेजियनको मृत्यु भएको रुसी समाचार एजेन्सी स्पुटनिकले जनाएको छ । गएको डिसेम्बरको अन्तिम साताबाट नर्वेका नागरिकहरुमा खोप लगाइन थालेको र ती मध्ये १३ जनाको साइड इफेक्टका कारण मृत्युु भएको जनाइएको छ ।
कुल ३३ हजार नेर्वेजियन नागरिकहरुले खोप लगाइसकेको र ती मध्ये २९ जनाको स्वास्थ्यमा समस्या देखिएको स्पुटनिकको रिपोर्टमा उल्लेख छ । स्पुटनिकले नर्वेको ‘मेडिसिन्स एजेन्सी’ लाई उदृत गर्दै लेखेको समाचारमा मृतक १३ जनामध्य नौ जनामा गम्भीर समस्या देखिएको र सातमा सामान्य समस्या देखिएको बताइएको छ । मृत्यु हुनेहरुको उमेर ८० वर्ष भन्दा माथि रहेको समाचारमा उल्लेख छ ।
नर्वेजियन मेडिसिन्स एजेन्सीकी मेडिकल डाक्टर स्टेनर माडसेनले सरकारी सञ्चार माध्यम एनआरकेसँग कुरा गर्दै खोप लगाइएका नागरिकहरुको मृत्यु दुर्लभ घटना भएको बताइन् । ‘मुटु रोगलगायतका अन्य घातक रोग भएकालाई पनि यो खोप लगाइएको छ । तर साइड इफेक्ट देखिएको छैन । हामीले कस्ता संक्रमितलाई यो खोप लगाउने भन्नेमा गम्भिर विचार गर्नुपर्ने भएको छ । विशेष गरी घातक रोग भएकालाई खोप लगाउनु अघि उसको स्वास्थ्य अवस्थाका बारेमा अध्ययन गरिनुपर्छ,’ माडसेनले भनिन् ।
मृत्यु हुनेमा एक डाक्टरसमेत रहेको र उनको बारेमा फाइजर र नर्वेजियन सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) नाम गरेको संस्थाले अध्ययन सुरु गरिसकेको बताइएको छ । नर्वेमा हाल सम्म ५७ हजारमा कोरोना भाइरस देखिएको र पाँच सयले ज्यान गुमाइसकेका छन् ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया