नेपाल–तिब्बत लडाईंको किल्ला दुगुनागढीमा ट्रेल रेस हुँदै

सिन्धुपाल्चोक– तिब्बतसँगको लडाईंमा तीन पटकसम्म किल्ला जमाएर नेपाली फौज बसेको ऐतिहासिक दुगुनागढीमा माउण्टेन ट्रेल रेस हुने भएको छ। सिन्धुपाल्चोकको भाेटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहदेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस हुने भएको हो। आगामी फागुन २१ मा हुने माउण्टेन ट्रेल रेस यो दोस्रो संस्करण हो ।
नेपाली सेनाको गोरखबक्स गणकाे आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायाेजनमा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगिता गरिन लागिएकाे हाे । प्रतियाेगितामा देशभरका खेलाडीहरु सहभागी हुने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए।
ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाई र दुगानागढीको प्रचारप्रसार एवम् संरक्षण गर्ने उद्धेश्यले ट्रेल रेसको आयोजना गदै आएको हो ।
नेपाल तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक सन् १७९२ र तेस्रो पटक सन् १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौजहरु लडाइमा गएको इतिहासमा उल्लेख छ ।
लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकाले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ । ऐतिहासिक एवम् सामरिक महत्वको क्षेत्र भएपनि त्यसको संरक्षण र उचित प्रचार प्रसार नभएको भन्दै नेपाली सेनाले यसअघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणका लागि विविध कार्य गर्दै आएको छ ।
ऐतिहासिक महत्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दौडको बाटोमार्फत वर्तमान र भावी पुस्तालाई इतिहासको जानकारी दिने उद्धेश्यले गत वर्षबाट प्रतियोगिता आयोजना गरिएको हाे । याे प्रतियाेगिताले यस ठाउँकाे महत्व बढाउने तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राजकुमार पाैडेलले बताए।
ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लाबासी गरेर तीन विधा समावेश गरिएको छ । खुला तर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार, तेस्रो ५५ हजार, चौथो ४० हजार, पाँचौ ३० हजार र छैठौ पुरस्कार नगद २० हजार रुपैयाँ रहेको छ । त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पाउँने छन् । जिल्लाबासीको लागि भने पहिलो हुनेले नगद ३० हजार, दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउने छन् ।
ट्रेल रेस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले फागुन १९ गतेसम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरुलाई अनुरोध गरेको छ । दर्ता निशुल्क हुने र सिन्धुपाल्चोकस्थित नेपाली सेनाको चौतारा ब्यारेक, जलेटार ब्यारेक, बाह्रबीसे, झिर्पु र लामोसाँघु ब्यारेकमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।
सम्भावित जोखिमलाई मध्य नजर गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले प्रतियोगिताको अवधिभरमा मात्र लागु हुने गरि रु पाँच लाख बराबरको विमाको व्यवस्था पनि गरेको छ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया