सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

देशभर थप १५५ जनामा काेभिड पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । काेभिडका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।