वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह
ब्रसेल्स- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरूका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् ।
रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनीहरूका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएङ्का हुन् ।
रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरूले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरू युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ ।
आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ ।
त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । (सिन्ह्वा)

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया