इ–सेवा ट्राभल एण्ड टुर्सकाे ब्रान्ड एम्बेसडरमा क्याप्टेन लामा नियुक्त

काठमाडाैँ – इ–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
ई–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडरसमेत नियुक्ति गरेको छ । यसअधि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ।
ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताए । उनले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिए । सापकोटाले ई–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताए । उनले सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गरे।
‘विगत पाँच महिना देखि प्राविधिक रुपमा तयार गरेर आम ग्राहकलाई सूसूचित गर्ने समयमा आएका छौं। अन्र्तराष्ट्रिय हवाई टिकट ग्राहकले सहजै नपाउने जस्ता समस्या छन् । टिकट मूल्य पनि ट्रान्सफरेन्ट तथा अनट्रान्सफरेन्ट कुरालाई हामीले न्यूनकरण गर्न इसेवाको एप्स भित्र नै अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न पाउने व्यवस्था मिलाएका छौं । जसले नेपालमा हवाई सेवा सञ्चालन गर्ने नेपाल एयरलान्स,हिमालय एयरलान्स त्यस्तै अन्तर्राष्ट्रिय हवाई प्रदायक संस्थाहरुलाई पनि व्यापार गर्नलाई सहजता थप्ने छ।',उनले भने,'हामीसँग काम गर्ने ट्राभल एण्ड टुर्स संस्थाहरु हुनुहुन्छ । उहाँहरुलाई व्यत्तिगतरुपमा सम्पर्क गरेर टिकट खरिद अथवा आफ्नो ग्राहकहरुलाई सेवा दिनुपर्ने जुन अहिलेको व्यवस्था थियो । त्यसलाई पनि सहज गर्नलाई मदत गर्ने छ । यसले अहिलेको ट्राभल एण्ड टुर्सको व्यापारलाई खोस्न खोजेको होइन । नयाँ प्रविधिसँगै काम गर्दै जानु पर्ने भएकाले डिजिटल रुपमा एयरलाइन्स र ग्राहकलाई सहज बनाउने काम गर्छ।’
त्यस्तै ई–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले ई–सेवामार्फत सहयोग गर्ने बताए। उनले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताए।
उनले भने,‘ हवाई सेवाको टिकट सहज रुपमा खरिद गर्नको लागि एप्स बनाइएको छ । यसमा ईसेवालाई ल्याउन पाउँदा खुसी छु । ई-सेवाले विश्वास गर्नु भयो। ३५ वर्ष भए छ नेपाल एयरलान्समा जागिर खाएको । यो सेवाले नेपालको हवाई क्षेत्रमा सबैलाई फाइदा हुने देखिन्छ । हवाइ यात्रुुहरुले दुख कष्ट गर्नु नपर्ने आफ्नै हातले यात्रा गर्नको लागि टिकट खरिद गर्न सकिन्छ। अबको समय भनेको पेपेरलेस कागज बिनाको समय आउन थाल्यो।’
उनले ३५ वर्षदेखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताए।

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

प्रतिक्रिया