वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो

काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या ५ हजार ३६६ पुगेको छ ।
नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१ वटा साना रहेका छन् ।
उद्योगमा कूल स्वीकृत विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२ प्रतिशतले वृद्धि भई ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको उद्योग विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी बोर्ड नेपाल मार्फत एक खर्ब ७ अर्ब ८६ करोड र उद्योग विभाग मार्फत ३० अर्ब ५६ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको हो ।

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

प्रतिक्रिया