डोल्पा ठूलीभेरीको मेयरमा युवा नेता बोहराको उम्मेद्वारी घोषणा
काठमाडौँ : युवा नेता तथा लेखक प्रेमबहादुर बोहराले डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा उम्मेद्वारी घोषणा गरेका छ्न । शुक्रबार बोहराले सुगम, सुव्यवस्थित र सु–सम्पन्न ठुलीभेरी नगर बनाउन मेयरमा उम्मेद्वारी दिने निर्णय गरेका हुन् ।
पछिल्लो केही समययता उनी उम्मेद्वारी घोषणा गर्नेबारे विभिन्न व्यक्ति तथा सरोकारवालासँग गम्भीर परामर्शमा थिए । आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै उनले पाएको सल्लाह, सुझाव र हौसलाबाट शुक्रबार उम्मेद्वारी घोषणा गर्ने निष्कर्षमा पुगेका हुन् ।
उनले ठूलीभेरी नगरपालिकालाई व्यवस्थित बनाउनका लागि युवा नेताहरुको नेतृत्व आवश्यक भएकाले उम्मेद्वारी दिने निर्णय गरेको पनि बताएका छन् । हाल जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्यसमेत रहेका बोहरा डोल्पामा विकासका लागि अभियान्ता बनेर आवश्यक पहल कदमीमा खटिएका थिए । डोल्पाका विभिन्न स्थानीय तहमा भएका भ्रष्टाचारको विरोध गर्दा उनीमाथि केही समय पहिले भौतिक आक्रमणसमेत भएको थियो । आक्रमणबाट टाउकोमा चोट लागेका उनले काठमाडौँमा उपचार गराएका थिए ।
नेपालको सबैभन्दा कम १० हजार मात्रै जनसंख्या रहेको ठूलीभेरी विकास र पूर्वाधारकाृ सूचकमा धेरै पछाडि परेपनि स्रोत साधनमा धनी रहेकाले त्यही अनुसार नगरलाई विकास गर्न आफू लागिपर्ने बोहराको भनाइ छ ।
‘सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी’को भिजन र कार्यायोजना सहित आसन्न स्थानिय तहको निर्वाचनमा, ठूलीभेरी नगरपालिकाको नगरप्रमुख पदका लागि उम्मेद्वारी दिने निर्णय गरेको छुँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बोहरा ‘कोग्ले’ पुस्तकका लेखक समेत हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया