युक्रनेकाे राजधानी किभ ९६ घन्टामा ढल्ने र सरकार एक सातामा ढल्न सक्ने अमेरिकी आँकलन

काठमाडाैँ- युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ । एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ ।
तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ । युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ । किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन् ।
रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ । भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया