राष्ट्रपति जेलेन्स्किले पश्चिमा गठबन्धनलाई फेरि भने- हामी एक्लै भयाैं सहयाेग गर्नुस्

काठमाडाैँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् ।
रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए ।
‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने ।
आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन् ।
रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन् । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया