किभमा डरलाग्दो मिसाइल हमलाः युक्रेनी विदेशमन्त्री कुलेबा
काठमाडाैँ- युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ । सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् ।
युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ ।
यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ ।
२ लाख ६० हजार मानिसहरुको बसोबास रहेको सुमी रुसी सीमाबाट करिव ३० किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी हो । स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी कन्भोय राजधानी किभतर्फ प्रस्थान गरेको बताए । नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालेको पनि उनले बताए ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया