सेञ्चुरी बैंको लाभांश पारित

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकालीको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैयाँमा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश सेयर पारित गरेको छ ।
बोनस शेयर वितरणपछि हुन आउने चुक्ता पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आव २०७६÷७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।
यस साधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२ अर्ब ४२ करोड रुपैयाँ र कर्जा रकम ६६ अर्ब ९३ करोड रुपैयाँ परिचालन गरी २२ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_zfxiF09pxY_ir9dyaewv7gkzoypu38nyimmsamylbb58gpwx8ktvjsw3uuitymfcmwy2gnl.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया