बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

फाइल फाेटाे

काठमाडौँ- काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोक्किएको थियो । 

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले  नियन्त्रणमा लिएको छ ।