ईयूले लगायो रुसमाथि कडा प्रतिबन्ध

काठमाडौँ - युरोपेली संघले रुसमाथि कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले यसलाई युरोपका लागि महत्वपूर्ण भनेकी छन् ।
प्रतिबन्धहरू धेरै व्यापक छन्। वित्तीय क्षेत्र, ऊर्जा, यातायात र रुसी सरकारसँग सम्बद्ध उच्च वर्गको भिसामा पनि प्रतिबन्ध लगाइएको छ ।
युरोपेली संघका प्रमुखले प्रतिबन्धले रुसका तेल प्रशोधन केन्द्रहरूलाई प्रविधि र विमानका स्पेयर पार्ट्स खरिद गर्न असम्भव बनाउने बताइन्।
ईयु प्रमुखले ट्वीट गर्दै भनेकी छिन्, 'प्रतिबन्ध स्वीकृत भएको छ र यसबारे ईयूभित्र एकता छ। '
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहयोग र सैन्य उपकरण पनि उपलब्ध गराउने बताएका छन् ।
इयूले रुसबाट ग्यास खरिदमा भने प्रतिबन्ध लगाएकाे छैन। यसबारे पनि प्रश्न उठिरहेका छन् । युरोपेली संघका प्रमुखले रुसको उर्जामा युरोपको निर्भरता घटाउन विकल्प खोजीरहेको बताएकी छिन् । बीबीसी

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया