सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

फाइल फोटो

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ बाढीपीडितलाई प्रदेश सरकारले चालु आव २०७८÷७९ मा प्रतिपरिवार रु तीन लाख उपलब्ध गराउने बताउनुभएको हो । तीन लाखका दरले प्रदेश सरकारले रु ३१ करोड ८६ लाख रकम बाढीपीडितलाई दिनु पर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट कर्णाली प्रदेशका विपन्न घरपरिवारको घर निर्माणका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा पेश गरिएको ‘कर्णाली प्रदेश विपन्न घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ का सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता विष्टले बताए । विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा रु पाँच लाख र अन्य जिल्लामा रु चार लाखका दरले उपलब्ध गराइने उनको भनाइ थियो ।

“मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा पेश गरिएको ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा पेश गर्ने निर्णय गरिएको छ”, उनले भने, “आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको ‘कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याउने सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।”

प्रवक्ता विष्टका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ । डा ढकाल गुर्भाकोट नगरपालिका–२ सुर्खेतका स्थायी निवासी हुन् । रासस

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह