प्रभावकारी बन्दै 'स्मार्ट छोरी' कार्यक्रम
दाङ- तुलसीपुर उपमहानगरले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम 'स्मार्ट छोरी' कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ २०७७ साउन १ गतेदेखि यो कार्यक्रम लागू भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले 'स्मार्ट छोरी' कार्यविधि बनाएर यो कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सुरु भएदेखि हालसम्म झण्डै चार सय स्मार्ट छोरीको नाममा बैक खाता सञ्चालन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले उनीहरूको बैक खातामा गत आर्थिक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुई सय जम्मा गरेको छ भने चालु वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक दुई हजार २ सयका दरले जम्मा गर्दै आएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका राधिका भट्टराईले जानकारी दिइन् ।
बिहे वारी २० वर्ष पारी भन्ने मूल नाराका साथ सञ्चालन भएको यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष र चालु वर्षको फागुन पहिलो सातासम्म ३८१ जना छोरीको बैक खाता सञ्चालन भएको बताइन् ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया