बिचौलियाबाट एक लाख घुस लिएका खरिदार अख्तियारको फन्दामा

काठमाडौँ : अख्तियारले खरिदार र दुई जना बिचौलियालाई १ लाख ३५ हजार रुपैयाँसहित पक्राउ गरेको छ । बिहीबार मालपोत कार्यालय काठमाडौँँ चाबहिलबाट तीन जनालाई अख्तियारले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार्यालयका खरिदार लक्ष्मण बस्नेत, बिचौलिया बिनोद श्रेष्ठ र मिना मगर छन् । उनीहरुलाई चाबहिलकै मुस्ताङ हाम्रो थकाली भान्छा घरबाट पक्राउ गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
निवेदक जगत श्रेष्ठले आफ्नी दिदीको मृत्यु भएपछि आफ्नो नाममा जग्गा नामसारी गरिदिन माग गर्दा खरिदार बस्नेतले घुस मागेका थिए । घुस दिन गएका दुई जनाले एक लाख रुपैयाँ दिएको र बाँकी ३५ हजार काउन्टरबाट बरामद गरिएको पनि अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया