शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालेको युक्रेनी सेनाकाे दाबी

फाइल फाेटाे

काठमाडौँ - युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालिदिएको दाबी गरेको छ। 'शान्त रहनुहोस् र युक्रेनी सेनामाथि विश्वास गर्नुहोस्,' सेनाले जारी गरेकाे वक्तव्यमा भनेको छ।

तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ। रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।