युक्रेनका नागरिकले देश छाड्न थाले, सडकमा लाग्यो गाडीको लामो लाइन
काठमाडौँ - रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै राजधानी किभबाट हजारौं नागरिक देश छाडेर हिडेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही गर्ने घोषणा गरेसँगैं बमबारी र मिसाइल हमला सुरु भएको थियो ।
युक्रेनको राजधानी किभका इमर्जेन्सी साइरन बज्न थालेका थिए । त्यसलगतै किभका नागरिक शहर छाडेर भाग्न थालेका छन् । सडकमा धेरै संख्यामा कारको लाइन देखिएको छ ।
सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाअनुसार किभका नागरिक धेरै आतिएका देखिन्थे । सडकमा मानिसहरु प्राथना गरिरहेका देखिन्छन् । राजधानी किभमा रहेका गार्डियनका एक पत्रकारले भने, 'सडकमा मानिसहरु देखिदैनन् तर एटीएममा मानिसको लामो लाम देखिएको छ ।'

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया