बुद्धले थप्यो ७२ सिटे जहाज, थप ३ थप्ने तयारी

काठमाडौँ - बुद्ध एयरले नयाँ जहाज थपेको छ । बुद्धले बुधबार एटीआर–७२ जहाज भित्र्याएको हो ।
कलसाइन नाइन एन-एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई २ साताभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाइभाडादर पनि स्वतः सस्तो र सहज हुने बुद्धले जनाएको छ । त्यसै अनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो । यससँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर-७२, ३ वटा एटीआर-४२ र २ वटा बिचएयर क्राफ्ट जहाज रहेका छन् ।
बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध अनसुार अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको जनाएको छ ।
त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्ध एयरले विज्ञिप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने बुद्ध एयरले जनाएको छ ।
‘बुद्ध एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको’ बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए ।
बुद्ध एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान शुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल आउन आतुर रहेका छन् । पीसीआर परीक्षण र झन्झिटिलो फारमहरुलाई सहजीकरण गर्न बुद्ध एयर अनुरोध गरेको छ ।

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

प्रतिक्रिया