रुसले युक्रेनका यी क्षेत्रलाई बनाउँदै छ निशाना
मस्को- युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन् । युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिविधि बढ्दो छ ।
रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ । रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
केही मिसाइलहरुले युक्रेनी सेनाको मिसाइल कमान्ड सेन्टर र किभस्थित हेडक्वार्टरमा हमला गरेको त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका विवरणहरु पनि आएका छन् । तथापि, यसको कुनै पक्षले पुष्टि गरेका छैन् ।
युक्रेनी सहरमा हमला भएको विवरणलाई रुसी रक्षा मन्त्रालयले अस्वीकार गरेको छ । युक्रेनका सैन्य पूर्वाधार, हवाई रक्षा र ‘मूल्यवान हतियार’ युक्त हवाई फौजलाई निशाना बनाएको मस्कोले जनाएको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया