शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

रुसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लघंन गर्‍यो - नेटो

काठमाडौँ - उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोल्टनबेर्गले रुसको सैन्य कारबाही 'गैरजिम्मेवार आक्रमण' भन्दै निन्दा गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दै उनले रुसी कदमले अनगिन्ती नागरिकको जीवन जोखिममा पारेको बताएका छन्।

'यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लघंन हो र युरो-एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा हो,' उनले थपेका छन्।

रुसले पुनः शुरू गरेको 'आक्रामक व्यवहार' बारे नेटोका साझेदारहरूले छलफल गर्ने उनले बताए। बीबीसी