वडाध्यक्षले चलाएको मोटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चाैधरीले चलाएकाे माेटरसाइकलले त्रियुगा नगरपालिका- ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएकाे हाे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स१ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे हाे । वडाध्यक्ष चौधरीले चलाएका मोटरसाइकलको ठक्करबाट मृतक चौधरी सडकबाट एक सय मिटर तल उछिट्टिएका थिए ।
मोटरसाइकल सडक किरानाको विद्युतको पोलसमेत क्षतिग्रस्त बनाएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।
मृतक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दुर्घटना भएको जनाएका छन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाएका थिए ।
बिहान ७ देखि १० बजेसम्म सडक अवरुद्ध हुँदा गाईघाटबाट बाहिर जाने सवारीसाधन सबै रोकिएको थियो । सडक अवरुद्धपछि सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया