क्रिष्टल प्यालेससँग आर्सनलको बराबरी

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा आर्सनल क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको छ । पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरिरहेको आर्सनल प्यालेससँग गोल रहित बराबरीमा रोकिएको हो ।
आर्सनलले ११ वटा प्रहार गरेपनि चार वटा मात्रै पोष्ट नजिक पुगेका थिए । प्यालेसका गोलकिपर भिसेन्ट गुइटाले आर्सनलका सबै प्रहार असफल पारिदिए । १२ प्रहार गरेको प्यालेसले पनि गोल गर्न भने सकेन ।
आर्सनलको यो तेस्रो बराबरी हो । उसले अहिलेसम्म ८ खेल हारेको छ भने ७ खेल मात्रै जितेको छ । २४ अंकसहित लिगको ११ औं स्थानमा रहेको आर्सनललाई खराब प्रदर्शनले गर्दा लिगको माथिल्लो स्थानमा फर्किन समस्या छ । प्यालेस भने २३ अंकसहित १३ औंँ स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया