पसलमा आगलागी हुँदा लाखौँको क्षति

दाङ - तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् । बिहान करिब साढे ३ बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।
आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् । उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ ।
क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ । पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया