पलले सार्वजनिक गरे आफूलाई फसाउने चार जनाको नाम

काठमाडौँ- एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।
दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् ।
'ममाथि लगाइएको ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ' पलले लेखेका छन् 'उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबरजस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडीदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो' पलले फेसबुकमा लेखेका छन् 'घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत विभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँलाइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।'
पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया