पुटिनले भने– रूसी सेनामाथि पूर्ण भरोसा छ

मस्को - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी चासो र सुरक्षाबारे वार्ता गर्न नसकिने बताएका छन् । थप रूसी सेना युक्रेनको सिमाना नजिक पुगेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो भनाइ आएको हो ।
रूस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमण सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन् ।
यसैबीच अमेरिकालागायत पश्चिमा मुलुकहरूले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेका छन् । ‘हामीले रुसी सरकारलाई पश्चिमी वित्तिय सहायताबाट अलग गरेका छौ,’ रूसको सदनले पूर्वी युक्रेनमा सेना पठाउन त्यहाँको संसदले अनुमोदन गरेपछि बाइडेनले भने ।
सोमबार मात्र पुटिनले पूर्वी युक्रेनको बिखन्डनकारी क्षेत्र दोनेत्सक र लुहान्सकालाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । यसैबीच, युक्रेनले आफ्ना सम्पूर्ण नागरिकलाई रुस छोड्न आग्रह गरेको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया