संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री

काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् ।
कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि धन्यवाद भनेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पारित गर्ने तयारी छ । तर नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्मा संसद् छल्न अघिल्लै दिन कुश्मा पुगेका हुन् । यसअघि एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री शर्मा संसद्मा अनुपस्थित थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया