लागुऔषधसहित दुई जना पक्राउ

सप्तरी – सप्तरी प्रहरीले लागुऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा नम्बर बस्ने ३४ वर्षीय विधानन्द चौधरी रहेका छन् ।
फतेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकलमा लुकाएर लागुऔषध ब्राउन जस्तो देखिने खैरो पदार्थसहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन् ।
उनीहरूलाई सप्तरी सप्तकोसी नगरपालिका वडा नम्बर २ सखुवनीस्थित कञ्चनपुर फतेपुर आवतजावत गर्ने सडक खण्डमा फत्तेपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया