दक्षिण कोरियामा जन्मदर घट्यो

एजेन्सी – दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ। यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।
सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २०१८ मा ०.९४ प्रतिशत, सन् २०१९ मा ०.२९ प्रतिशत र २०२० मा ०.८४ प्रतिशत भएको थियो । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाहरुको सङ्ख्या पनि कम भएको उनीहरुको भनाइ छ । सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या ९.८ प्रतिशत हो ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया