राजविराज : मेयरदेखि वडा सदस्यसम्मले बुझे दसैं भत्ता

राजविराज : कोभिड–१९ महामारीका बेला सांसदहरू मात्र होइन स्थानीय तहका जनप्रतिनिधिले पनि दसैं भत्ता बुझेका छन् । रोग, भोक, अभाव, पीडा र कठिनाई भोगिरहेका आम जनताको दसैं यस वर्ष फिक्का भएको छ ।
तर, राजविराज नगरपालिकाका जनप्रतिनिधिहरु भने दसै्र मनाउनकै लागि तयार भएका छन् । उनीहरुले दसैं मनाउनकै लागि नगरपालिकाबाट दसैं भत्तासमेत बुझिसकेका छन् । नगरपालिकाका अनुसार मेयरदेखि वडा सदस्यसम्मले कुल १२ लाख १५ हजार रुपैयाँ चाडपर्व भत्ता बुझेको पाइएको छ ।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, उपमेयर साधना झासहित ७३ जना जनप्रतिनिधि र ८ जना कार्यपालिका सदस्य गरी कुल ८१ जनाले नै चाडपर्व भत्ता बुझेका छन् ।
वडा अध्यक्षहरु चन्द्र शेखर चौधरी, अरुणकुमार यादव, सुदर्शन प्रसाद सिंह, अख्तर अलि मियाँ, समिर झा, प्रेमकुमार यादव, मागिलाल नाई, जयनारायण मण्डल, शम्भुप्रसाद यादव, सुशिलकुमार दास, संजयकुमार यादव, हरिहर यादव, राजेन्द्र प्रसाद यादव, शोभा लाल मण्डल, राम प्रसाद यादव र बुचाई दासले भत्ता बुझेका हुन् ।
मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले १५–१५ हजारको दरले भत्ता बुझेको नगरपालिकाको विवरणमा उल्लेख छ ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया