महाठग चन्द्रशेखरले बलिउडका तीन अभिनेत्रीलाई दिन्थे उपहार

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ । उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भएको हो ।
एनफोर्समेन्ट डायरेक्टरेट (ईडी)को हालैको छानविनमा यो कुरा बाहिर आएको हो । ईडीको अनुसन्धानअनुसार सुकेश आफूसँग भएको रकमले यी सारा, जाह्नवी र भूमिलाई उपहार पठाउँथे । हालै मात्र सुकेशले ज्याकलिनसँगको बोल्ड तस्बिर लिक भएपछि आफू ज्याकलिनसँग सम्बन्धमा रहेको र ज्याकुलिन मनी लन्ड्रिङ मामलामा संलग्न नरहेको दाबी गरेका थिए ।
सुकेशका अनुसार दुई सय करोड मनी लन्ड्रिङ मामिलामा ज्याकलिनको कुनै संलग्नता छैन । ‘म सबैसँग अनुरोध गर्दछु कि ज्याकलिनको नाम बदनाम नगर्नुहोस्’, उनले भनेका छन् । ज्याकलिनलाई इडीले भारत छोड्न रोक लगाएको छ । त्यहीकारण उनी अहिले विदेश जान पाएकी छैनन् ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया