आफ्नो स्टाटसलाई लिएर दाहालले दिए यस्ताे स्पष्टोक्ति

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल प्रतिक्रान्तिको अवस्था नरहेको बताएका छन् ।
माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरे । ‘अहिले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको छ नि । तर, तत्काल प्रतिक्रान्ति हुने वा भइसकेको अवस्था भने होइन,’ उनले भने, ‘मेरोतर्फबाट ट्विट भएको छैन ।’
दाहालको ह्यान्डिलबाट बुधबार बिहान एउटा स्टाटस सार्वजनिक भएको थियो । जसमा सत्ता पल्टाउने र प्रतिक्रान्तिको अवस्था आएको उल्लेख थियो । साथै, क्रान्तिकारी शक्तिको अन्तिममा जित हुने लेखिएको थियो ।
दाहालले आज बिहान आफ्नो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि स्पष्ट पारे । उनले तीन दिनअघि प्रधानमन्त्रीसँग कुराकानी भएको र आज बिहान गृहमन्त्री बालकृष्ण खाँण खुमलटार आएको र उनीसँग कुराकानी भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया