एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री
चितवन : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।
उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु प¥यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
उनले थपिन्, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसिसी गलत भए आँफुहरु ब्याक हुने बताइन् ।
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताए । एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।
तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले नेकपा एमाले०को मौनताले केही असहज बनाएको बताइन् । रासस

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया