एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया