बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

सुन पाँच सयले घट्याे

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।   मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ ।