कोभिडले ९ वर्षसम्मका ५१ बालबालिकाको मृत्यु

काठमाडौँ- नेपालमा हालसम्म कोभिड-१९ संक्रमणका कारण ६० देखि ६९ वर्ष उमेर समूहका धेरै मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार पाँच सय संक्रमितको मृत्यु भएको छ ।
मुलुकभर यो समाचार तयार पार्दासम्म ९ वर्षसम्मका ५१ जना बालबलिकाका संक्रमितको मृत्यु भएको छ । ७० देखि ७९ वर्ष उमेर समूहका २ हजार ३७५ जनाको मृत्यु भएको छ । ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ६६३ जनाको मृत्यु भएको छ । ८० वर्ष माथिका १ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । ३० देखि ३९ वर्षसम्मका ९६३ संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयले जारी गरेको तथ्यांकमा २० देखि २९ वर्ष सम्मका ३ सय ७७ जनाको मृत्यु भएको छ । १० देखि १९ वर्षसम्मका ५७ र ९ वर्षसम्मका बालबालिकाको ५३ जनाको मृत्यु भइसकेको छ ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया