जाजरकोटमा आन्तरिक सडक निर्माण धमाधम

जाजरकोट- जिल्लामा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ । गाउँ–गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ ।
कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो । सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो । सो क्रममा तीन भोलुङ्गे पुल निर्माण गरिएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत १७३ विपन्न परिवारका लागि घरसमेत निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीले जानकारी दिए ।
आव २०७६/७७ मा कार्यालयलको चालुतर्फ ६६ प्रतिशत र पूँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको छ । आव २०७७÷७८ मा चालुतर्फ ७९ प्रतिशत र पूँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । चालु आवको दोस्रो चौमासिकसम्म चालुतर्फ ४५ प्रतिशत र पूँजीगततर्फ नौ प्रतिशत मात्र प्रगति हासिल भएको कार्कीको भनाइ छ ।
रु १५ लाखभन्दा कमका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि केही योजनाको काम रोकिएको छ । विभिन्न ठाउँमा पक्की पुलको काम जारी छ । कार्यालयमा कर्मचारी अभावका कारण तोकिएको समयमा काम गर्न नसकिएको कार्की बताउँछन् । रासस

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया