श्रीलङ्कामा कोभिडले मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

कोलोम्बो- श्रीलङ्कामा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित थप ३० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यससँगै श्रीलङ्कामा कोभिडका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या १६ हजारभन्दा बढी पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले मङ्गलबार यहाँ गरेको एक अपडेटमा जनाएको छ । आधिकारिक तथ्याङ्क अनुसार सोमबार साँझसम्म यो भाइरसबाट कुल मृत्यु हुनेको सङ्ख्या १६,०२४ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या छ लाख ३८ हजार ०४३ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरूले हाल श्रीलङ्कामा ओमिक्रोन विविधताको सङ्क्रमण फैलिएका कारण दैनिक एक हजारभन्दा बढी सङ्क्रमित हुने गरेका छन् ।
कोलम्बोलगायत विभिन्न क्षेत्रबाट अस्पतालमा भर्ना हुनेक्रम बढेको र अक्सिजनमा आश्रित बिरामीको संख्या पनि बढेको अधिकारीहरूले बताएका छन् । तथापि, अस्पतालहरूले उपचारका लागि शैया अभाबको समस्या नदेखिएको बताएका छन् ।
श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा माथिका नागरिकहरूलाई अतिरिक्त खोपको मात्रा लिन आग्रह गरेको छ र मानिसहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम राख्नेलगायतका सम्पूर्ण स्वास्थ्य निर्देशिकाहरु कडाइका साथ पालना गर्न प्रोत्साहित गरेको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया