‘वान टू वान’ वार्तामा ओली र देउवाबीच के कुरा भयो ?
प्रचण्ड र माधव नेपालबाट त्रसित !

काठमाडौँ : बालुवाटारमा मंगलबार बिहानैदेखि चहलपहल थियो । एमसीसी संसद्मा टेबल भएपनि पारित गर्न कठिन भएपछि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको छटपटी बढ्दै गएको छ ।
एमसीसी टेबल गर्दासम्म र टेबल गरिसकेपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिष्ट चरित्र’ देखाइरहेपछि देउवाको छटपटी बढेको हो । एककिसीमले देउवा प्रचण्ड र माधव नेपालबाट त्रसित भएका छन् ।
एमसीसी टेबल गरेकै दिन माओवादी र समाजवादीले काठमाडौँमा विरोधका नाममा उदण्ड मच्चाएपछि देउवाले एमसीसी पारित गर्ने विषयमा एमालेको निर्णायक सहयोग खोजेका हुन् । यसका लागि देउवाले ओलीलाई मंगलबार बेलूकी बालुवाटार बोलाए ।
सुरुमा एमाले र कांग्रेस नेताहरुसँगसँगै भेटवार्ता गरेका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले केहीबेरपछि ‘वान टू वान’ वार्ता गरेका थिए । झण्डै आधा घण्टा दुई शीर्ष नेताबीच मात्रै कुराकानी हुँदा के सहमति भयो भन्ने खुलेको छैन ।
‘सुरुमा हामीसँगै हुँदा एमसीसी पारित गर्न प्रधानमन्त्रीज्यूले ओलीसँग सहयोग माग्नुभयो । तर ओलीले पहिला आफ्नो माग सम्बोधन गर्नुपर्ने अडान राख्नुभयो,’ भेटमा सहभागी एक नेताले इकागजसँग भने,‘तर त्यसपछि उहाँहरुले हामीलाई बाहिर पठाएर ‘वान टू वान’ वार्ता गर्नुभयो । वार्तामा के के कुरा र सहमति भयो । हामीलाई भन्नु भएको छैन ।’

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया