एमसीसी पारितका लागि सहयोग गर्न ओलीसँग देउवाको आग्रह
पहिला सभामुखलाई कारबाही हुनुपर्ने एमालेको माग

काठमाडौँ : एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार एमसीसी ओली सरकारकै पालामा संसदमा दर्ता भएकाले अब पारित गर्न एमालेकै सहयोग आवश्यक रहेको प्रस्ताव राखेका थिए । जवाफमा ओलीले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने अडान राखेका थिए ।
‘एमसीसी तपाईँकै पालामा दर्ता भएको हो । तपाईंकै अविछिन्न उत्तराधिकार याे सरकार भएकाले अब पारित गर्न सहयोग गर्नुपर्यो,’ प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै कांग्रेस उपसभापति खड्काले इकागजसँग भने । जवाफमा एमाले अध्यक्ष ओलीले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने अडान राखेका थिए ।
‘हाम्रो मागअनुसार सभामुखलाई कारबाही हुनुपर्छ । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेपछि एमसीसी सहयोग गर्ने विषयमा सोच्न सकिन्छ,’ ओलीले देउवालाई जवाफ फर्काएका थिए ।
सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न सहयोग गर्न नसकिने बताएपछि देउवा ओलीसँग नजिकिएका हुन् । आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएपनि पारित गर्न भने चुनौति छ ।
भेटमा देउवा र ओलीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले उपमहासचिव विष्णु रिमाल लगायतका नेता थिए । सुरुमा सबै नेताहरुसँगै भेट भएपनि पछि देउवा र ओलीबीच ‘वान टू वान’ वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया